ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरिन रेल्वे अध्यादेश: के अब पाईएला त रेल चढन् ?

काठमाडौं २२, वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले  रेल्वे अध्यादेश जारी गरेकी छन् ।

उक्त रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार गरेको अध्यादेशको मस्यौदा २०७८ रेल्वे अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।   जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न उक्त अध्यादेश जारी सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

अध्यादेशमा नेपाल सरकारले एक वा एक भन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने व्यवस्था गरेको यातायात मन्त्रालय स्रोतले जनाएको छ । केही दिनअघिको मन्त्रिपरिषद बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *