ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर कोरोनाका कारण ५८ जनाको मृत्यु ८ हजार भन्दा बढी संक्रमित

काठमाडौं,वैशाख २।स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएका जानकारी अनुशार देशभरबाट गत चौबीस घण्टामा ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनुको संख्या ३ हजार ४ सय जना रहेका छन्। देशभरका विभिन्न प्रयोगशालाहरुबाट गरीएको एन्टिजेन र पिसिआर २१ हजार ३ सय ७२ वटा नमुना परीक्षण हुदा काठमाडौं उपत्यकामा मात्र ३ हजार ८ सय ३५ जना सहित देशभर ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरबाट गत चौबीस घण्टामा १ हजार ९ सय ५३ जना निको भएका छन्। हालसम्म निको हुने प्रतिशत ८० दशमलव ६ रहेको छ ।
देशभर संक्रिय संक्रमित संख्या ६६ हजार ३ सय ५२ जना र क्वारेनटिनमा ३ सय ८१ जना रहेका छन् ।

हाल आसियुमा उपचारत ६ सय जना र भेन्टिलेटरमा १ सय ५६ जना रहेको मन्त्रालयउले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *