ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमणका कारण गुल्मीमा एक जनाको मृत्यु: कोरोनाका कारण कुल मृत्यु हुने संख्या २५ पुग्यो

गुल्मी २२, बैशाख । कोरोना संक्रमणका कारण गुल्मीमा एक जनाको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका-७ जुनियाका ६९ वर्षीय पुरुषको आइसोलेसनमा उपचार गर्न ल्याउने क्रममा बाटैमा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

संक्रमितलाई वैशाख २० गते एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । योसहित सो गाउँपालिकामा कोरोना संक्रमणबाट दुई जना पुरुषको ज्यान गएको छ ।

जिल्लाभर दोश्रो लहरमा १२ जनाको र यस अघि १३ सहित २५ जनाको मृत्यु भएको कोरोनाका कारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *