ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना नियन्त्रणमा केन्द्रित नेपाली सेना: हजार क्षमताका बहुउपयोगि अस्थायी अस्पताल बनाउदैं

काठमाडौं वैशाख २२ ।नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ ।

कम्तीमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर र आइसोलेशनका लागि गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेहिया, वीरगञ्ज, रानी र काँकडभिट्टा नाका नजिक यस्ता पूर्वाधार निर्माण गर्न लागेको सेनाले जनाएको छ । त्यस्तै काठमाडौंमा महांकालस्थित त्रिचन्द्र मिलिटरी अस्पताल वा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल मध्ये एउटालाई विकास गर्ने जनाएको छ ।

यि सवै संरचना करिव डेढ महिनामा निर्माण संपन्न गर्ने योजना रहेको सेनाको भनाई छ । हाल नेपाली सेनाले सव व्यवस्थापनको काम समेत गर्दैं आएको छ । सीमित साधन, स्रोत र जनशक्तिका कारण जिल्लास्थित ब्यारेकबाट विभिन्न अस्पताल पुगी एउटै टोलीले शव सङ्कलन गरी दाहसंस्कार गर्न तोकिएको निश्चित स्थानमा पुगेर समयमै व्यवस्थापन गर्ने कार्य पनि उत्तिकै चुनौतीपूर्ण छ ।

कतिपय जिल्लामा त शवबाहनको कमीले पनि समयमै व्यवस्थापन धौधौ बनाएको छ । सेनाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *