ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बुधबार देशभर मौसममा बदली, केही स्थानमा बर्षा हुने

काठमाडौं वैशाख २२ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभर मौसम  बदली हुनुका साथै केही स्थानमा वर्षाको सम्भावना रहेको  जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणमा  विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेका कारण बर्षाको साभावना रहेको महाशाको अनुमान  छ ।


महाशाखाले बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने,केही स्थानमा मेघगर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।यस्तै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। यस्तै केही स्थानमा मेघगर्जन र हावाहुरी सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *