ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निषेधाज्ञाको उपयोग: सडकमा काम सुरु

काठमाडौं,बैशाख २१। सडक विभागले निषेधाज्ञाको मौका पारेर सडकमा काम थालनी गरेको छ ।

काठमाडौं सडक डिभिजन कार्यालयले कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने गरि मार्किङको काम भएकाले कोभिड १९विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको बताएको छl

सडकमा आवागमन कम भएकाले विभागले मार्किङ थालेको र संकेत चिन्ह कोर्ने काम रोड मार्किङ गर्न बाँकी स्थानहरुमा काम थालेको छ ।

जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएरै मार्किङ थालेको र कामदारहरुबीच सामाजिक दूरी कायम राखेर काम भएको विभागले जानकारी दिएको छ ।

गाडीको चाप घटेका बेला ढुक्कसँग काम गर्न सक्न भएकाले लकडाउनलाई मौकाका रुपमा सदुपयोग गर्ने काम गत वर्ष लकडाउनमा समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *