ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सर्वदलिय वैठक विना निष्कर्ष: संसद वैठकको मिति तोक्ने जिम्मा कार्यव्यवस्था परामर्श समितिलाई

पोखरा वैशाख २१ । गण्डकी प्रदेशसभा संचालनका लागि पाँच दलबीच बसेको सर्वदलीय बैठकले विना निष्कर्ष सकिएको छ ।

बैशाख १५ गते प्रदेशसभामा अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची तय भएको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिम विक्रम शाही बेपत्ता भएको भन्दै सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेका थिए ।

मंगलबारको सर्वदलीय बैठकमा मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले जेठ २ गते संसदको बैठक बोलाउने प्रस्ताव गरेका थिए । तर सहमति नजुटेपछि बिहिबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने सहमति भएको छ । जसले संसद वैठका लागि मिति सहमति गर्ने छ ।

बैशाख १५ मा जनमोर्चाका सांसद बेपत्ता भएपछि सभामुख समक्ष जनमोर्चाकी सांसद पियारी थापाले संसद बैठक स्थगित गरी उनका खोजी गर्न निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *