ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एकै दिन राजनीतिमा तीन वोल्ड निर्णय जसका कारण विश्वासको मत गुमाउदैं छन् प्रधानमन्त्री ओली

काठमाडौं वैशाख २१ । वैशाख २७ गतेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन भन्दैं संसद बैठक आह्वान भएको छ । तर मंगलबारका विकास भएका राजनीतिक  विकास क्रममले ओलीले विश्वासको मत प्राप्त गर्ने संभावना कम्जोर बन्दै गएको देखिन्छ ।

१, एमालेको खनाल- नेपाल पक्षका सांसदको सामुहिक राजीनामा : एमाले भित्रको असन्तुष्ट खनाल – नेपाल समुहका सांसदहरुले सामुहिक राजीनामा दिने छलफल अघि बढाएपछि सांसदमा ओलीलाई बहुमत पुर्याउन हम्वे पर्ने देखिन्छ । एमालेका १ सय २१ सांसद सदस्य मध्ये २१ जना प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिए ओलीलाई बहुमत पुर्याउन कठिन पर्ने देखिन्छ । त्यसपछि कांग्रेस,माओवादी केन्द्र र जसपाको यादव भट्टराई पक्षको संयुक्त सरकार निर्माणको तयारी समेत सुरु भएको जनाइएको छ ।

२, माओवादी केन्द्रले दिएकको समर्थन फिर्ता : आज बसेको माओवादी केन्द्रको स्थयी समितिको वैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । यस अघि पटक पटक समर्थन फिर्ता लिनु पर्ने दवाव खेपेको केन्द्रले अंकगणित प्रष्ट भएपछिमात्र समर्थन फिर्ता लिने निर्णय गरेको हो । जसपा विभाजनको संघारमा पुगेर दुवै समुहले हस्ताक्षर सुरु गरेको तथा एमाले भित्रको खनाल- नेपाल समुहका सांसदले समेत सामुहिक राजीनामा दिने जनाएपछि माओवादी केन्द्रले समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।

३, कुनै हालतमा ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय : नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने निर्णय गरेको हो । कांग्रेसले अन्य दलसंग छलफल गरेर ओलीलाई विश्वासको मत लिनबाट विफल बनाउन हरसम्भव प्रयास गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *