ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाको उपचारमा प्रयोग गरीने औषधीमा कालोबजारी नगर्न अपील

काठमाडौं,वैशाख २१ । पछील्लो समय कोरोना संक्रमितको संख्या ह्यवात्तै बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अस्पतालहरुलाइ कोरोना महामारीमा प्रयोग गरीने औषधीहरु स्टक राख्न अनुरोध गरेको छ ।

यस्तो संकटको समयमा औषधीको कालोबजारी गरीएको पाइएमा कार्बाही गर्ने बताए । रेमडेसिभिर औषधि अधिकतम खुद्रा मुल्य भन्दा बढीमा बिक्रि वितरण भएको पाइएमा गुनासो गर्न फोकल पर्शन समेत तोकि सकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा पहिलेको भाइरस भन्दा अहिलेको भाइरस अत्यतै घातक रहेको बताए ।कुनै पनि नागरीक स्वास्थ्य सेवा बाट बञ्चीत हुन नपरोस र ज्यान गुमाउन नपरोस भन्नेमा सधै सरकार संबेदनशील रहेको उनको भनाई छ।

नागरीकको जीवन नै सरकारको पहलो दायित्त्व रहेको भन्दै प्रधानमन्त्री ओलीले महामारीको दोश्रो लहरको रोकथाम र नियन्त्रणका लागी सरकारका सबै संयन्त्र परिचालन गरीरहेको दावी गरे ।

कोरोनाको उपचारमा प्रयोग गरीने एन्टीभाइरल औषधी तथा अन्य जीवनदर्शक औषधी प्रत्येक अस्पतालले मौदातमा राख्नु पर्ने तथा औषधीको कृत्रीम अभाव सृजना गर्ने र कालोबजारी गर्ने लाइ कडा कारबाही गरीने बताए।

सोमबार नै औषधी ब्यवस्था विभागले रेमडेसिभिर औषधिमा कोही कसैले खुद्रा मूल्य भन्दा बढीमा विक्री वितरण गरेमा औषधि व्यवस्था विभागले कारवाही गर्ने जनाएको छ । रेमडिसिभिर औषधी कोरोना महामारी सुरु भएसँगै विश्वभर नै प्रयोग हुदै आइरहेको छ ।

गभ्भीर अवस्थामा पुगेका मानिसहरुलाइ योऔषधीको प्रयोग गरीन्छ ।औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदको लागि विभिन्न कम्पनीहरुलाई अनुमति दिएको छ ।

कोरोनाका गम्भीर बिरामीलाई प्रयोग हुने औषधि रेमडिसिभिर तीन हजार भाइल मंगलबार काठमाडौआइपुग्ने औषधि विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।हाम्रो मेडि कन्सर्नले बेक्सिम्को बंगलादेशबाट ल्याउन अनुमति पाएको २० हजार भाइलमध्ये आज तीन हजार भाइल रेम्डेसिभिर काठमाडौं आइपुग्ने उनले बताए ।

कोरोना संक्रमित गम्भीर बिरामीको संख्या बढ्दै गएपछि रेम्डेसिभिर औषधिका कालोबजारी बढ्नुका साथै माग ह्वात्तै बढेको छ ।त्यसैले कालोबजारी गरेको पाइएमा गुनासोका लागी औषधी ब्यवस्था विभागका दुइ जना फोकल पर्शन छुट्याएको छ ।

नेपालले रेमडिसिभिर औषधी भारतबाट खरिद गरीरहेपनि भारतमा संक्रमण भयावह भइ नियन्त्रण बाहिर गएपछी खरिदको लागी नै समस्या हुदैं आएको छ । औषधी ब्यवस्था विभागले केही समय अगाडी मात्र रेमडिसिभिर बंगालादेशबाट खरिद गर्ने अनुमती दिएको थियो।

कोरोना संक्रमणले महामारी रूप लिएसँगै ‘रेमडिसिभिर’ नामक औषधीले निकै प्रयोग भइरहेको छ । कोरोना संक्रमितका लागि यो औषधी प्रभावकारी पिन रहेको छ । यो औषधी इबोलामा प्रयोग गरीएको थियो भने विश्वभर अहिले परीक्षणमै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *