ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फाइजरको खोप १२ बर्ष माथिकालाइ प्रभावकारी रहेको कम्पनीको दावी

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं,वैशाख २१ । कोरोना भाइरस महामारीका बीच अहिले कोरोना विरुद्धको खोप अभियान पनि चलिरहेको छन् । अहिले कोरोनाका जति पनि खोप बनेका छन् ती १८ वर्षमाथिका लागी मात्र निर्माण भएका छन् ।

त्यसैले अहिले खोप अभियानमा १८ वर्षमाथिका मात्र समावेश गराइरहेको छ ।तर अमेरिकाको खोप उत्पादन कम्पनी फाइजरले आफ्नो खोप बालबालिकाका लागि पनि उत्तिकै प्रभावकारी रहेको दावी गरेको छ ।

१२ देखि १५ वर्षका बालबालिकामा गरिएको परीक्षणमा खोप प्रभावकारी देखिएको दावी कम्पनीको छ । यी बालबालिकालाई खोप लगाउँदा युवा उमेरका व्यक्तिमा जस्तै एन्टिबडी बनेको दावी कम्पनीको छ । फाइजर कम्पनीका अनुसार खोप परीक्षणका क्रममा बालबालिकामा कुनै साइड इफेक्ट देखिएन ।

वयस्कहरुमा जस्तै केहीमा सामान्य दुखाइ र हल्का ज्वरो देखिएको थियो । परीक्षणपछि बालबालिकाका लागि पनि खोप वयस्कलाई जत्तिकै प्रभावकारी देखिएका दावी गरिएको छ । अमेरिकाका १२ वर्ष उमेरसम्मका बालबालिकालाई खोप दिने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *