ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खै कस्तो मृत्यु ? न आफन्तले छुन पाए न त देख्न नै

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं वैशाख २१ ।मृत्यु अवस्यम भावी छ । को कहिले कसरी मृत्यु वरण गर्छ त्यतिमात्र फरक छ तर मृत्यु सत्य छ । मृत्युलोकमा जन्मिएपछि एक दिन न एक दिन मृत्युलाई अंगाल्नै पर्छ । त्यसमाथी भनिन्छ नि जिउदाँको जन्ति र मर्दाको मलामी भनेर । तर क्रमश मलामी पनि विरानो बन्दैं जान थालेका छन् ।

कोरोना महामारीका कारण दैनिक मृत्यु हुनेको सङ्ख्या दैनिक दुई दर्जन नाघन्न थालेको छ । त्यसैले त पशुपति आर्यघाटमा सवहरुको चाप बढेको छ । छिमेकी मुलुक भारतका जस्तै हृदय विदार दृष्य काठमाडौंमा समेत देखिन थालेको छ ।

अस्पतालले प्लाष्टिकमा प्याक गरेको शव त्यसमाथी लेखिएकै नामका आधारमा आर्यघाटसम्म पुग्छन् सवहरु । नेपाली सेनाको सुरक्षा घेरा राखिएका सवहरु पालै पालो तिनै सेनाका जवानहरुले सुरक्षीत तरिकाले चितामा चढाउछन र अन्तिम संस्कार गराइदिन्छन् ।

सोकमा परेका परिवारले न आफ्नतको सव छुन पाउछ न देख्न नै । अस्पतालको शैयामा छटपटाएको आफ्न्त कहि नदेखि अन्तिम शंस्कार गरेर फर्कन विवष छन् आफन्तहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *