ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुधको खोप उत्पादनमा पेटेन्टको नियम हटाउन डब्लुएचओको माग

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

एजेन्सी, वैशाख २१ ।कोरोना विरुधको खोप उत्पादन बढाउन पेटेन्टको नियम हटाउनु पर्ने भारत र दक्षिण अफ्रिकाको प्रस्तावलाई विश्व स्वस्थ्य संगठनले स्वागत गरेको छ ।

यस अघि भारत र दक्षिण अफ्रिकाले गरेको पेटेन्टको नियम हटाउने प्रस्तावमा डब्लुएचओका प्रमुख टेड्रोस एडहानम गेहब्रेससले सहमति जनाउदैं खोपको उत्पादन बढाउन पेटेन्टको नियम हटाउन माग गरेका हुन् ।

यसअघि भारतको प्रस्ताव पछि बिल गेट्सले भारतलाई खोपको सुत्र नदिन आग्रह गरेका थिए।

पेटेन्ट कुनै पनि अनुसन्धानकर्तालाई वा उसको मनोनित व्यक्तिलाई उनको अनुसन्धान सार्वजनिक बनाउनको लागि दिइने विशेष अधिकारको समूह हो। कुनै पदार्थ वा पदार्थ समूहको बनावट, सञ्चालन वा प्रसारको नयाँ उपाय वा तरिका सम्बन्धी वा कुनै नयाँ सिद्धान्त वा सूत्रद्वारा पत्ता लगाइएको कुनै उपयोगी आविष्कारलाई जनाउँछ। यो एक निश्चित अवधिको लागि दिइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *