ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पार्टी कार्यलयमा १२० शैयाको कोरोना अस्थाई अस्पताल बनाउन नुवाकोट काँग्रेसको प्रस्ताव

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं वैशाख २१ । नेपाली काँग्रेस जिल्ला समिति नुवाकोटले आफ्नो पार्टी कार्यलयमा कोभिड अस्थायी अस्पताल बनाउन प्रस्ताव गरेको छ ।

नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले नुवाकोटमा विरामीको सङ्ख्या बढ्न थालेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् । उनको भनाई छ- ‘कोभिड संक्रमितहरु लाई व्यवस्थापन गर्न विदुर स्थित नेपाली काग्रेंसको पार्टि कार्यालयमा करिव १२० शैयाको कोभिड अस्थायी अस्पताल वनाउन मिल्ने भवनमा अस्पताल सन्चालन गर्न जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्र लाई नेपाली काग्रेंस जिल्ला कार्यसमिति नुवाकोट हार्दिक अनुरोध गर्दछ ।‘

उनी अघि थप्छन् – ‘नुवाकोटका हर नागरिकको जिवन रक्षाको लागी नेपाली काग्रेंस नुवाकोट हिजो पनि थियो ,आज पनि छ र भोली पनि ,हर वखत ,हर पल सधैं जनताको साथसाथमा हुने रहने प्रतिवद्वता गर्दछौं ।‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *