ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज वैशाख २१ गते मंगलबार तपाईको राशिफल

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

आज मिति २०७८ साल बैशाख २१ गते मंगलबार तदनुसार सन २०२१ मे महिनाको ४ तारिख, बैशाख कृष्ण पक्ष, वसन्त रितु, उत्तरायण सुर्य, श्रवण नक्षत्र, अष्टमी तिथि, शक्ल योग, बालब करण, आज चन्द«मा मकर राशीमा रहनेछ, आज सूर्योदय बिहान ५ बजेर २५ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ३८ मिनेटमा हुनेछ । विशेष कार्यहरु गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३४ मिनेटबाट १२ बजेर २७ मिनेटसम्म रहनेछ । आजको राहूकाल दिउँसोको ३ बजेर १९ मिनेटबाट ४ बजेर ५९ मिनेटसम्म रहनेछ । राहुकालमा दीर्घकालसम्म असरपर्ने खालका कार्यहरु शुरु गर्नु हुँदैन ।

मेष राशी

समय मिश्रीत खालको छ । कार्य क्षेत्र गतिरोध तथा व्यवसायमा समस्या आउन सक्ने, स्थानहानी, पारिवारिक दुख कष्ट, पति पत्निमा असमझदारी बढन सक्ने, अनावश्यक खर्च, आर्थिक हानी, स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्छ, कसै कसैलाई घरमा कलह, मित्रतामा आघात, अपमान वा तिरस्कार सम्म हुने अवस्था नआउला भन्न सकिँदैन,  घर बाहिर निस्कँदा  कष्ट हुन सक्ने सम्भावना छ ।

वृष राशी

दिन प्रतिकुल हुन सक्छ । भाग्यले साथ नदिएको जस्तो अनुभव हुने, व्यवसायिक झंझट र बाधा आइपर्नेे, कानूनी समस्याको सामना गर्नुपर्ने, रोग बृद्धि, मानहानी, सन्तान सम्बन्धि पीडा, मानसिक चिन्ता बढने, आर्थिक नोक्सान, विवाद र झगडा आदि हुने योग छ । पारिवारीक समस्या बल्झने, दुर्घटना वा चोट लाग्न सक्ने, बन्न आँटेको काम पनि विग्रने सम्भावना भएकोले सावधान रहनु होला ।

मिथुन राशी

दिन अनुकुल रहने छैन । केही कामहरु पूरा गर्न बाँकी रहने छन, व्यर्थको श्रम, आफन्तजनमा कलह, कार्यमा बिध्नबाधा, मानसिक तनाव, कष्टदायी वा निरर्थक भ्रमण हुने, शारिरिक पीडा वा कष्ट पाइने, सरकारी वा प्रशासनिक भय, अपमान हुन सक्ने, अरुले तँपाइलाई नबुझिदिने वा तँपाइको राम्रै कामको पनि कदर नहुने जस्ता अवस्थाहरु बनिदिन सक्छन् । कसै कसैलाई विश्वासघातको शिकार हुनु पर्ने सम्मको अवस्था आउने भएकोले सचेत रहनु होला,

कर्कट राशी

दिन राम्रो रहनेछ । पारिवारिक जमघट तथा सुख प्राप्ति भइ रमाइलो मिष्ठान्न भोजनमा समय बित्नेछ, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, धन लाभ, वाहन सुख, वैवाहिक सुख मिल्नुको साथै मानसम्मानको योग बनेको छ,  रोकिएको कार्य बन्नुको साथै शत्रुहरु पराजित हुनेछन । विद्यार्थी वर्गहरुलाइ दिन राम्रो रहने छ । व्यापार व्यवसायमा लाभ पाइने खालको दिन छ ।

सिंह राशी

समय अनुकुल रहने छ । दिन आनन्दमय बन्नेछ, आरोग्यता प्राप्ति हुने, कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने,  शत्रुबाधाबाट मुक्त भइने, मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । स्त्रिवर्गबाट लाभ प्राप्त हुने,  विद्यार्थीहरुलाइ समय राम्रो रहने छ, खर्चमा नियन्त्रण राख्दै घरेलु झगडाबाट भने बच्नुपर्ने दिन छ ।

कन्या राशी

दिन प्रतिकुल रहनेछ । गरेका निर्णयहरु गलत हुन सक्ने, कर्मक्षेत्रमा गतिरोध आउने, मन अशान्त हुने, धनको नोक्सानी या अनावश्यक खर्च हुने, रोगव्याधिले सताउन सक्ने भएकोले स्वास्थ्य प्रति सावधान रहनु होला, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । घर बाहिर निस्कँदा कष्ट तथा पीडा हुन सक्ने, दाम्पत्य सुख तथा प्रेम सम्बन्धमा पनि असमझदारी बढन सक्ने, र मनमा गलत विचारहरु आउन सक्ने सम्भावना छ । व्यवसायमा समस्या देखिएको छ र लगानीलाइ पनि दिन अनुपयुक्त छ ।

तुला राशी

दिन अनुकुल बनाउन प्रयास गर्नु पर्नेछ, कसैसँग विवाद वा असमझदारी हुनसक्ने, मनमा कुराहरु खेलिरहने, मानसिक सन्ताप पर्ने, बोलिको कारण अप्ठयारोमा परिने, व्यवसायीहरुलाइ गतिरोधको सामना गर्नुपर्नेछ । शारिरिक कष्ट, पीडा वा धनहानीको पनि सम्भावना पनि बनेको छ, लगानीलाइ समय अशुभ छ। कुनै पनि नयाँ वस्तु खरीद नगर्दा राम्रो । स्वास्थ्यको विशेष ख्याल गर्दै कलह र विवादबाट आज सकेसम्म बच्नु होला,

वृश्चिक राशी

दिन शुभ फलदायक रहने छ । भाग्यले साथ दिनेछ । धन लाभ हुने, पराक्रम बढने, निरोगिता प्राप्ति, कार्यमा सफलता, नोकरीमा पदोन्नति अथवा मान सम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखा पर्ने, वस्त्र लाभ, मित्र सुख, शत्रु पराजित हुने, आफन्तजनसँग सम्बन्ध बिग्रेको थियो भने पहल गरेमा सुधार हुने योग छ, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, वैवाहिक खुशी प्राप्त हुने पनि सम्भावना छ । कसै कसैलाइ यात्रा वा भ्रमणको स्थिति पनि बन्ने योग छ, प्रेम सम्बन्धको  लागि दिन राम्रो छ ।  

धनु राशी

दिन अनुकुल नरहला । गृह कलह, मानसिक तनाव, कार्यहरुमा बाधा, गरेको काम सफल नहुने, अरुले कदर नगर्ने, शत्रुहरु बढने वा अरुको आँखा लाग्ने, धनको नोक्सानी, दन्ड जरिवानामा परिन सक्ने, रोगव्याधिले सताउने, खानपानमा समस्या देखा पर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने सम्मको स्थिीति बन्नेछ । कसै कसैलाइ घरबाहिर बस्नु पर्ने अवस्था पनि आउन सक्छ, विद्यार्थीहरुको पढाइमा मन नलाग्ने, मनमा खराब प्रवृत्तिको सोच आउन सक्छ ।

मकर राशी

दिन शुभ फलदायक रहने छ । कर्म क्षेत्रमा  सफलता, पद प्रतिष्ठाको प्राप्ति, शत्रु पराजित हुने, मान सम्मान, आदर सत्कार पाइने, उत्तम वा मिष्ठान भोजनको प्राप्ति, बिरामी हुनुहुन्छ भने स्वास्थ्यमा सुधार देखा पर्ने, कसैबाट धन, वस्त्र अथवा उपहार कोसेली आदि प्राप्त हुन सक्छ, परिवारिक सुख, दाम्पत्य सुख, वैवाहिक सुख मिल्नुको साथै  प्र्रेम को क्षेत्रमा दिन राम्रो रहनेछ । व्यवसायीलाइ दिन उत्तम रहनेछ ।

कुम्भ राशी

पराक्रममा कमी आउने । आलस्य बढन सक्ने । सकाउनुपर्ने कामहरुको खात लाग्ने, खर्चमा वृद्धि । कलह वा असमझदारी बढन सक्ने, मानसिक अशान्ति, शारिरिक कष्ट पाइने, शोक पर्न सक्ने वा वियोग सहनु पर्ने पनि हुन सक्छ । घाउ चोटपटक दुर्घटना आदि हुनसक्ने भएकोले विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । विद्यार्थीहरुको लागि समय कठिन छ ।

मीन राशी

दिन लाभदायी हुनेछ । शुभ समाचार आउन सक्छ । शरिरमा जोश जाँगर बढने, धन लाभ हुने वा आय स्रोतको विकल्प फेला पर्न सक्छ, मान सम्मान वा अरुको कदर प्राप्त हुने, घरभित्रै उत्तम भोजन वा रमाइलो जमघटमा सहभागी भइने, बन्धुसुख, पत्नि सुखको साथै मित्रहरुले सहयोग गर्नेछन । भोग विलास र रमाइलोमा समय बित्न सक्नेछ , नयाँ जिम्मेवारी वा पद प्राप्तिको योग देखिएको छ, गरेका कार्यको उपलब्धि हुने वा नयाँ कार्यमा मन जानुको साथै पारिवारिक तथा जीवनस्तर बढने सम्भावना छ  । व्यापारी वर्गलाई दिन अनुकुल छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *