ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जथाभावी प्रदेश प्रमुख राख्ने हटाउने गर्नु भन्दा संघियता खारेज गरौ: अध्यक्ष थापा

सेयर गर्नुहोस
  • 18
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं वैशाख २० ।आफु अनुकुल प्रदेश प्रमुख खटाउन थालेपछि राप्रपाका अध्यक्ष कमल थापाले आक्रोप पोखेका छन् ।

अध्यक्ष थापाले सोमबार सामाजिक सञ्जाल मार्फत राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उद्देश्यले प्रदेश प्रमुखलाई जतिबेला मन लाग्यो हटाउने र राख्ने काम संविधान विपरीत रहेको भन्दै विरोध गरेका छन् ।

प्रधानमन्त्रीको कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक रहेको उल्लेख गर्दै यस्तो काम गर्नुभन्दा संघीयता खारेज गर्नु बेस रहेको टिप्पणीसमेत गरेका छन् ।
सोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर सो ठाँउमा क्रमशः सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई नियुक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *