ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

५ सय ५० पत्रकार कोरोना संक्रमित ७ जनाको ज्यान गयो

सेयर गर्नुहोस
  • 11
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं, वैशाख २० । नेपाल पत्रकार महासंघका अनुसार हालसम्म ५ सय ५० जना पत्रकार कोरोना संक्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको समेत जानकारी दिए।

सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ। पत्रकारको स्वस्थ्य तथा पेशागत सुरक्षाको अपिल गर्दै भनिएको छ -“कतिपय शाखामा अक्सिजनसहितको आइसोलेशनको व्यवस्था गरिएको छ।

यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखासहित पत्रकारलाई महासंघ अनुरोध गर्दछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *