ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं, बैशाख २० । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य रेणुका श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले सुरक्षाकर्मीलाई सोमबार स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

महानगरीय प्रहरी प्रभाग, थली र महानगरीय प्रहरी विट, मुलपानीका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । थलीको प्रभागलाई १८ थान सेनिटाइजर, सर्जिकल मास्क ३ सय थान र ह्यान्ड सोप १ थान प्रदान गरियो । त्यत्तिनै सामग्री मुलपानीको विटलाई पनि दिइएको थियो ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका खड्काले यसअघि कोरोना भाइरस (कोभिड– १९) को संक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन र निशेधाज्ञाका बेला पनि ४ सय २० दुःखी परिवारलाई खाद्य सामग्री राहत स्वरुप वितरण गरेका थिए । साथै सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *