ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गत चौबीस घन्टामा कोरोनाका कारण मृत्यु हुने दर अहिले सम्मकै उच्च , ३७ जना

काठमाडौं ,वैशाख २० । स्वास्थ्य मन्त्रालयले नियमित रुपमा दिदै आएको कोरोना अपडेटमा देशभरबाट गत चौबीस घण्टामा थप ३७जनाले ज्यान गुमाएका छन् ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ३ हजार ३ सय ६२ जना रहेका छन् । मन्त्रालयका अनुशार देशभरका विभिन्न प्रयोगशालामा गरीएको एन्टिजेन र पिसिआर १७ हजार १ सय ७६ वटा नमुना परीक्षणमा देशभर ७ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर संक्रमण पुष्टि हुने संख्या ३ लाख ४३ हजार ४ सय १८ जना रहेका छन् ।

देशभरबाट २ हजार २१ जना निको भइ घर फर्कीएका छन्। हालसम्म निको हुने संख्या २ लाख ८६ हजार १५ जना रहेका छन् । हालसम्म कोरोना निको हुने प्रतिशत ८३ दशमल ३ रहेको छ ।

देशभर संक्रिय संक्रमित संख्या ५४ हजार ४१जना र क्वारेन्टिनमा २ सय १२जना रहेका छन् । देशभर आसियुमा ५ सय ७८ जना र भेन्टिलेटरमा १ सय ४२ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *