ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारको पहिलो प्राथमिकतामा नागरीकको जीवनरक्षा

काठमाडौ,बैशाख २० l प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको पहिलो प्राथमिकता भनेकै जनताको जीवनरक्षा भएको बताए ।

कोरोना संक्रमणले महामारीले समग्र क्षेत्रमा प्रभाव पारेपनि सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको ओलीले दाबी गरे । उनले काठमाडौंमा १ हजार शय्याको अस्थायी कोभिड अस्पताल बनाउन नेपाली सेनालाई निर्देशन दिइएको पनि बताए ।

प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिट्री अस्पतालसहित काठमाडौं उपत्यका धेरै शय्या भएका ठूला सरकारी र निजी अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *