ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्वमन्त्री जनार्दनको ‘अक्सिजन सिलिन्डर जोहो’

रुकुम पश्चिम, वैशाख २० । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री केही दिन यता अक्सिजन सिलिण्डरको जोहोमा जुटेका छन् ।
कोरोना संक्रमणका कारण अस्पतालमा विरामीको चाप बढेको तथा अक्सिजन अभाव हुन थालेपछि उनले अक्सिजन ग्यास जोहो गर्न तदारुकता देखाएका हुन । विरामीको उपचारमा कमी हुन नदिने जनाएका शर्माको भनाई छ ।

यस अघि नै रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा अक्सिजन प्लान्ट जडान गर्न अक्सिजन उत्पादन गर्ने मुख्य मेसिन पुगेको छ । ४० एलपीएम (प्रतिमिनेट ४० लिटर अक्सिजन बहने) क्षमताको मेसिन अस्पताल आइपुगेको हो ।

शर्मा पछिल्लो समय गृह जिल्लामा नै बसेर राजनीतिक तथा सामाजिक कृयाकलापमा सकृय हुदैं आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *