ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण राष्ट्रिय जनगणना प्रभावित, रोकियो गणक र सुपरिवेक्षकको तालिम

काठमाडौं, वैशाख २० । कोरोनाका कारण राष्ट्रिय जनगणना २०७८ प्रभावित हुने भएको छ । गणक तथा सुपरिवेक्षकलाई दिदैं आएको तालिम कोरोना संक्रमणकै कारण अनिस्चित कालका लागि स्थगित भएको छ ।
कोरोना संक्रमण बढेको भन्दै वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम स्थगित भएको केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तिर्थ चौलागाईं जानकारी दिए ।

हरेक १०-१० बर्षमा हुने गणनाले देशको सम्पुर्ण तथ्याङहरु मापन गर्ने गरेको छ । जनगणनासँग सम्बन्धी थप निर्णय गर्न राष्ट्रिय योजना आयोगको तथ्यांक परिषदको बैठकसमेत आजै बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *