ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शंकर पोखरेलले खाए सपथ: बिहान राजिनामा बेलुका मुख्यमन्त्रीको कुर्चीमा

रुपन्देही,बैसाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन ।

दोश्रोपटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित वहुमत दावी गरेकै अवस्थामा राति ८ बजे पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिएका प्रोख्रेल बेलुका पुनह सपथ खाएर पुन मुख्यमन्त्री भएका छन् ।

४१ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए । प्रदेश प्रमुख यादवले यस अघि नै ४१ जनाको हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अल्पमतका नेतालाई मुख्यमन्त्री नियुक्त र सपथ गराइएकोप्रति विपक्षी गठबन्धनले आपत्ति जनाएका छन् । कडा सुरक्षा घेराभित्र पोखरेललाई सपथ गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *