ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महामारीमा अभियान्ताहरुको निशुल्क एम्बुलेन्स सेवा: तपाईलाई समस्या पर्यौ हामी तपाईको साथमा छौं

सेयर गर्नुहोस
  • 28
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं,बैशाख १९ । कोभिड–१९ महामारीमा स्वास्थ्यमा समस्या आई समस्यामा पर्न सक्नेलाई मध्यनजर गर्दै सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ ।

हाल कोरोना संक्रमणको नयाँ भेरियन्टले देशनै त्राहिमामा भएको अवस्था सामाजिक अभियान्ताको एक टोली भने समस्यामा पर्नेहरुको लागि उद्दार कार्यमा जुटेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्ररुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएका विभिन्न खबरहरु हाल चारैतिर फैलिरहेका छन् भने अस्पतालमा बिरामीलाई आँगनमा समेत राखेर उपचार गर्न सक्ने अवस्था छैन् ।

यो समस्यामा मलम लगाउन जुटेको छ । एक सामाजिक अभियान्ताको टोली । समाज डेन्टल हस्पिटल, बिराज समाज तथा सामाजिक अभियान्ताहरुको अगुवाइमा आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा सुरु गरिएको छ ।

यो अभियानलाई सामाजिक अभियान्ता देवेन्द्र प्रधान ,क्याप्टेन विजय लामा, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल , कलाकार निखिल उप्रेती, केदार घिमिरे, शिक्षाकर्मी कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारी, पर्यटन व्यवसायी रामहरि शर्मा, अभियन्ता ज्ञानेन्द शाही, वरिष्ठ कलाकारहरु यस पुनित कार्यमा जुटेका छन् ।

सामजिक क्षेत्रमा लामो समय देखी सक्रिय रहँदै आएक सामाजिक अभियान्ता तथा यातायात विज्ञ देवेन्द्र प्रधानले नयाँ भेरियन्ट सहितको उच्च जोखिमको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि र समयमा उपचार पाउन सक्ने महत्वका साथ आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको बताए ।

यसै अभियानमा हातेमालोमा जुटेका ओम समाज हस्पिटलका अध्यक्ष डा सुवास घिमिरेले असहज परिस्थिति र महामारीका बिच धेरै आर्थिक अवस्थाका कारण र गरीब, दुःखी, असहाय वा एम्बुलेन्स सुविधा लिन नसक्ने भएका छन् । ति समुदायलाई मध्यनजर गर्दै आफूहरुले पूर्ण सहयोग गरी सम्भव भएसम्म हस्पिटल सम्म पुर्याउने अभियानमा जुटेको जानकारी दिए ।

शनिबारदेखि सुरु गरिएको अभियानअन्तर्गत हाल दैनिक चानचुन ५० बिरामीले यो सेवा लिइरहेका छन् । बिरामीलाई आवश्यकताअनुसार निःशुल्क आकस्मिक स्वास्थ सेवा सहितको एम्बुलेन्स सेवा सहज हुनेछ । बिरामीले रोजेको अस्पताल पुर्याउने आवश्यक उपचारको प्रबन्ध मिलाउने यस अभियानमा लक्ष्य रहेको अभियानकर्मी देवेनद्र प्रधानले जानकारी दिए ।

अभियन्ताहरुले पनि नअत्तालिन, मनोबल कमजोर पार्ने खालका सामग्री सामाजिक सञ्जालमा पोस्ट र शेयर नगर्न आग्रह गरेका छन् । सो अभियानको सहयोगार्थ तत्काललाई इन्द्र अन्नपूर्ण लाइन्स, बिराज समाज, क्याप्टेन लामा, पूर्वप्रहरी प्रमुख खनाल , शिक्षाकर्मी शाही, डा घिमिरे, अधिवक्ता अधिकारी, व्यवसायी शर्मा, अभियन्ता शाही, कलाकार उप्रेती, घिमिरे, तथा प्रधानले जनही १५ हजार उपलब्ध गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *