ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

३६० डिग्रीमा मोडिएको लुम्बिनीको राजनीति

बुटवल, वैशाख १९ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन पछि विकसीत भएको राजनीतिक घटना क्रम रोचक बनदै गएका छन् ।

सत्तारुढ दलभित्रको फ्लोर क्रस होस वा प्रदेशको राजनीति अझ रोमाञ्चक बन्दै गएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रि शंकर पोखरले बहुमतम थिए र सोही आधारमा उनले नयाँ मुख्यमन्त्रीका लागि बाटो खोल्न राजीनामा दिए । उनको राजीनमा स्विकृत पनि भयो तर राजनीतिले भने पोखेल विरुध विकास हुदैं गएको छ ।

त्तकालिन नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेपछि पोखरेल संकटमा परेका छन् । दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । वलीको निर्णयसंगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल वहुमत गुम्दाँ पोखरेल शंकटमा परेका हुन् ।

लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ ।प्रदेश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *