ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सेती प्रादेशीक अस्पतालमा अक्सिजनका लागी १०० खालि सिलिण्डर सहयोग गर्न अपील

काठमाडौं,वैशाख १९ ।धनगढी स्थीत सेती प्रादेशिक अस्पतालले अक्सिजन भर्न खालि सिलिण्डर अभाव भएको भन्दै सिलिण्डर सहयोग गर्न अपील गरेको छ ।

आइतबार अस्पतालले सूचना जारी गर्दै अक्सिजन फिलिङ गर्नका लागि कम्तीमा १०० वटा खालि सिलिण्डर तत्काल आवश्यकता परेकोले सहयोग गरीदिन अपील गरेको हो ।

सुचना जारी गरेपछी सिडिण्डरको व्यवस्था हुन थालेकोको अस्पतालका सूचना अभिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालमा अक्सिजन जेनेरेट गरिन्छ।अहिले दैनिक ४७ लिटरका १२ सिलिण्डर उत्पादन भइरहेको श्रेष्ठले बताए । यस्तै धनगढीमा निजीस्तरमा मालिका अक्सिजन उद्योग सञ्चालनमा रहेको छ। त्यो उद्योगले दैनिक १ सय ५० देखि २ सय सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्ने गरेको उद्योगका व्यवस्थापक नरेश शाही बताए ।

हाल सेती अस्पतालमा ५९ जना कोरोना संक्रमितको उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । जसमध्ये ३ जना भेन्टिलेटरमा, १७ जना आइसियूमा, ३४ जना अक्सिजन सपोर्टमा उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *