ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा हुने

काठमाडौं,बैशाख १९। पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आइतबार बिहानैदेखि काठमाडौं उपत्यका एवं पूर्वी नेपालको १ नं प्रदेशमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश नं १ र २ मा मंगलबार सम्म मौसम पूर्ण रुपमा बदली हुने बताएको छ । काठमाडौं उपत्यकामा अहिले देखिएको प्रि–मनसुनको अवस्था मंगलबारसम्म लम्बिने अनुमान गरिएको छ ।

देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहने छ भने वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागका केही स्थानमा मंगलबारसम्म नै साँझपख मेघगर्जन र चट्याङ्ग हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जानाकारी दिएको छ ।

आज बिहान बदली भएको मौसम दिउँसो र साँझ फेरि सामान्य बदली भई देशका पहाडी भूभाग र प्रदेश नं १ को सबै जिल्लामा हावाहुरी सहित सामान्य वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *