ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मुख्यमन्त्री शंखर पोखरेलको राजनीमा स्विकृत

बुटवल,वैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजिनामा दिएका छन । लुम्बिनी प्रदेश सभाको आज सुरु हुने विशेष अधिवेसनमा मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव हुने कार्यसुचि थियो ।

नेकपा विभाजन पछि बढेको गतिरोध र एमाले भित्रसमेत किचलो बढेपछि उनीहरु विरुध वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनको राजीनामा पछि प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेलको राजीनामा स्विकृत गरेका छन् ।

अविश्वास प्रस्ताव दर्तापछि सांसदहरूले प्रदेश प्रमुख यादवसमक्ष विशेष अधिवेशन आह्वानका लागि समावेदन गरेका थिए । सोहि बमोजिम प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम आज दिउँसो १ बजेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् ।

पोखरेल विरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *