ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बुटवल लुम्बिनीले दुई पटकको अग्रता जोगाउन नकस्दाँ बिराटनगरसंग अंक बाढ्न बाध्य

काठमाडौं, वैशान १८ । नेपाल सुपर लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा बुटवल लुम्बिनी फुटबल क्लबले दुई पटकको लिएको अग्रतालाई जोगाउन नसक्दा विराटनर सिटी फुटबल क्लबसँग अंक बाँडेको छ । इन्जुरी समयमा विराटनगर सिटीलाई बुटवलले रोक्न नसक्दा २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

बुटवलका लागि छैटौं मिनेटमा ओमोलाजा नुरिन करिमले पहिलो र ६८औं मिनेटमा लक्ष्मण रुचालले दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ बराबरी खेल्दा लुम्बिनीको अग्रता विराटनगरले ४२ औं मिनेटमा पेड्रो मान्जीको गोलबाट तोडेको थियो । दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्न केही चुकेको विराटनगरले इन्जुरी समयमा भने फ्रिकिकमार्फत गोल गरेर बराबरीको अवस्थामा आएको थियो । उक्त गोल फर्काउँदै विराटनगरले अंक खोस्न सफल भयो ।

इन्जुुरी समयमा विराटनगरका लागि सन्तोष तामाङले फ्रिकिकबाट गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याउँदा टोलीलाई हारबाट जोगाउन सफल भएका थिए । खेलमा बुटवलका सुमन लामा उदयीयमान खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गर्दा प्लेयर अफ दि म्याच विराटनगर सिटीका पेड्रो मान्जी चुनिएर नगद २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा भोली पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *