ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चितवनलाई हराउदैं धनगढी शिर्ष स्थनमा, चितवनको पहिलो हार

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं, वैशाख १८ । दोस्रो हाफमा सम्हालिएको खेल प्रदर्शन गर्न नसक्दा धनगढी फुटबल क्लबसँग एफसी चितवन राजधानीमा जारी नेपाल सुपर लिगमा पराजित भएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा धनगढीसँग ३–० ले पराजित भएको हो । पहिलो हाफमा दबाब दिएर खेले पनि दोस्रो हाफमा सम्हालिएको खेल देखाउन नसक्दा चितवनले नतिजा सुम्पिन बाध्य भएको हो । पहिलो हाफमा चितवनले गरेका केही प्रयास गोलपोस्टको बारमा लागेर फर्किएका थिए भने धनगढीका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।

तर दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान प्रवेश गरेको धनगढीले अन्तिम १६ मिनेट भित्र तीन गोल गर्दै जारी लिगमा स्पष्ट तीन अंक जोड्न सफल भएको हो । धनगढीको जितमा निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको धनगढीले दोस्रो हाफमा प्राप्त मौकालाई सदुपयोग गर्दै तीन अंक जोड्न सफल भएको हो । ६४ औं मिनेटमा निशानको गोलबाट धनगढीले १–० को अग्रता बुनेको थियो भने ६९ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीको अग्रता दोब्बर पारेका थिए ।  ८० औं मिनेटमा बुद्ध  बलले गोल गर्दै धनगढीलाई ३–० को जित निश्चित गरेका थिए ।

खेलमा धनगढीका निशान लिम्बु प्लेयर अफ दि म्याच चुनिएर  २५ हजार रुपैयाँ प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच  धनगढीकै बुद्ध बल तामाङ घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

जारी लिगमा दोस्रो जित निकालेको धनगढीले ४ खेलमा ७ अंक जोडेको छ । उता पहिलो हार भोगेको चितवनको यो पहिलो हार हो । चितवनले ३ खेलमा २ अंक जोडेको छ । चितवनले पहिलो खेलमा ललितपुरसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा चितवनले बुटवलसँग २–२ को बराबरी खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *