ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर५७६३ जनामा संक्रमण पुष्टि,१९ जनाको मृत्यु

काठमाडौं बैशाख १८l देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको एन्टिजेन र पिसिआर विधिबाट गरीएको १४ हजार ९ सय ६९ वटा नमुना परीक्षणमा देशभर ५ हजार ७ सय ६३जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर ३ लाख २८ हजार ८ सय ९३ जना रहेका छन् ।

कोरोनाका कारण थप १९ जनाले ज्यान गुमाएका छन्। हालसम्म ज्यान गुमाउने संख्या ३ हजार २ सय ९८ जना रहेका छन् । गत चौबीस घण्टामा देशभरबाट १ हजार २ सय ८७ जना निको भएका छन्। हालसम्म निको हुने संख्या २ लाख ८२ हजार ३ सय ८२ जना रहेका छन्। हालसम्म कोरोना निको हुने प्रतिशत ८५ दशमलव ९ रहेको छ ।

देशभर संक्रिय संक्रमित संख्या ४३ हजार २ सय १३ जना रहेका छन्। भने क्वारेन्टिनमा ६७ जना रहेका छन्। देशभर आसियुमा ४ सय १ जना र भेन्टिलेटरमा १ सय १० जना उपचारत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *