ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछिल्लो समय तीव्र रुपमा फैलिएको नयाँ भेरियन्ट कोरोना चीनमा पनि फेला परेको आशंका उच्च सतर्कता

काठमाडौ,बैशाख १८। पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोना भाईरस चीनमा पनि फेला परेको आशंका गरिएको छ ।

चीनबाट २०१९ मा सुरु भएको कोरोनाभाइरस विभिन्न देशमा नयाँ र घातक रुपमा देखिन थालेको छ । जसको शिकार नयाँ भेरिएन्ट संगै हाल भारत भएको छ भने यसको उच्च जोखिममा नेपाल छ । हालसम्म खासै जोखिममा नपरेको चिन भने पुन जोखिमको घेरामा पर्न थालेको चिनियाँ अधिकारीहरुको आशंका छ ।

कोरोना भाइरसको बी १६१७ भेरिएन्ट पुष्टि भएको भन्दै यससँगै चीनमा उच्च शतर्कता अपनाइएको छ । यो भेरिएन्ट हालसम्म अहिलेसम्म कतिजनामा देखियो भन्ने बारे यकिन विवरण भने आउन सकेको छैन् ।

चिनियाँ सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) का प्रमुख वु जुनयुले भारतको नयाँ भेरिएन्ट म्युटेन्ट स्ट्रेन चीनमा पनि फेला पर्नु चिन्ताको विषय रहेको प्रतिक्रिया दिएका छन् ।

भारतमा भेटिएको नयाँ भेरिएन्टबारे पनि हालसम्म केही ठोस सत्य तथ्य फेला भने पर्न सकेको छैन । हालसम्म उपचारसंगै खोजी कार्य जारी छ । विज्ञहरुका अनुसार विभिन्न ठाउँ र अवस्था अनुसार कोरोनाभाइरसका नयाँ प्रकृति फेरिदै थप विकसित भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *