ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गोकूल बास्कोटालाई थप जिम्मेवारी: नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन र गाउपालिका महासंघ इन्चार्ज

काठमाडौ,बैशाख १८ । नेकपा एमालेमा गोकुल प्रसाद बास्कोटाको जिम्मेवारी थप भएको छ ।

केन्द्रीय कमिटिको कार्यविभाजनमा पुर्वमन्त्री तथा तत्कालीन नेकपामा काभ्रे जिल्ला इन्चार्ज रहेका गोकूल प्रसाद बास्कोटालाइ काभ्रे जिल्ला इन्चार्जको जिम्मेवारी संगै नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन र गाउपालिका महासंघ इन्चार्जको जिम्मेवारी थमाईएको छ । संगै ग्रामीण क्षेत्रहरुको स्थानिय सरकारहरुको संगठन गाउँपालिका महासंघको इन्चार्जको जिम्मेवारी समेत बास्कोटालाइ थप भएको छ ।

देश विदेशमा रहेर कामको अनुभव संगालेका भुतपुर्व सेना प्रहरीलाई संगठित गर्ने नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठनको कमिटि देशभरका सबै जिल्लामा छ । उनिहरुको अनुभव र क्षमतालाई प्रयोगमा ल्याउन बिशेष सीप, क्षमता, अनुभव र उन्नत आर्थिक अवस्था भएका भुतपुर्व सेना प्रहरीहरुलाई एमालेले संगठित गर्दै आईरहेको छ ।

सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका र सन्चार मन्त्रिको जिम्मेवारी पाएका बस्कोटालाई भ्रष्ट्राचारको आरोप लगेको छ । हाल सर्वौच्चमा नटुङ्गिएको मुद्दामा समेत अनुगमन भैरहेको छ । बास्कोटालाई संसदिय समितिमा समेत सरकारले जिम्मेवारी दिएको छ । यसमा धेरैतर्फबाट सरकारको आलोचना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *