ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काभ्रेमा बैशाख १९ गते मध्यरातिदेखि निषेधाज्ञा हुने

काठमाडौं,वैशाख १८ । काभ्रेमा बैशाख १९ गते मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार सूचना जारी गर्दै १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्म १ साताका लागि निषेधाज्ञा घोषणा गरेको छ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक काममाबाहेक हिंडडुल गर्न रोक लगाइएको छ । अत्यावश्यक क्षेत्रलाई भने रोक लगाइएको छैन । खादान्न तरकारी औषधि पसल भने समय तालिका अनुरुप खुला गरिने छ ।

अत्यवश्यक सार्वजनिक तथा निजी सवारी पनि अरनिको रागमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दायाबायाँ ५०० मिटरसम्म सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन काभ्रेको निर्णयले उल्लेख गरेको छ । जिल्लाभित्र विकास निर्माणका कामका सवारी साधन राति ९ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न पाईने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *