ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतसंग जोडिएका २२ नाका बन्द भएपनि स्थलमार्गबाट घर फर्कन चाहने नेपालीलाई समस्या हुँदैन-परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौं,वैशाख १८। स्थलमार्गबाट घर फर्कन चाहने नेपालीलाई स्वदेश फिर्ता हुन समस्या नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

हाल कोरोना महामारीको चपेटामा रुमलिएको भारत र यसको उच्च जोखिममा रहेको नेपालसंग खुला सिमाना रहँदै आएको छ । भारतसंग जोडिएका २२ वटा नाका बन्द गर्ने सरकारको निर्णयले भारतमा रहेका नेपालीको अवस्था के होला भन्ने धेरैको चिन्ता छ । तर स्वदेश फर्किन समस्या हुने हो कि भनेर सामाजिक सन्जालमा चासो व्यक्त गरिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले सबै नाका बन्द नगरेकाले समस्या नहुने जानकारी ट्वीट मार्फत दिएका छन् ।

मन्त्री ज्ञवालीले ट्वीटमा भनेका छन् । ‘१३ वटा नाका खुला रहने छन् । घर फर्कन चाहने नेपाली नागरिकले यी रुटहरु प्रयोग गर्न सक्छन् ।’ ज्ञवालीको यो सूचनाले धेरै नेपालीको मन हल्का हुने विश्वस्त भएको छ । महामारीका कारण भारतमा रोजगारी गुमाएका धेरै नेपाली नागरिकहरु स्वदेश फर्किरहेका छन् । जहाज मार्फत आउन नसक्ने नेपाली नागरिक स्थलमार्ग हुँदै खुल्ला गरिएका नाकाबाट आउन सक्ने सरकारले बताएको छ ।

कोरोनाको नयाँ भेरियन्टका कारण महामारी थेग्न नसकेको भारतले विभिन्न राज्यमा लकडाउन गरेको छ । रोजगारीका लागि भारत गएका नेपालीहरु धमाधम घर फर्किएका छन् । केही नेपालीहरु भारतमा अलपत्र समेत परेका छन् । अलपत्रमा परेकालाई आफ्नो सम्पर्कमा आउन नयाँदिल्लीस्थित नेपाली दूतावासले सूचना जारी गरेको छ । यससंगै नेपाल सरकारले सहजिकरण समेत गर्ने छ ।

भारतसँग जोडिएका २२ नाका संक्रमणबाट जोगिन सरकारले बन्द गर्ने निर्णय गरेको छ । साथै सीसीएमसीले हवाईसेवासमेत बन्द गर्न सरकारसमक्ष सिफारिस गरिसकेको छ । गत वर्ष सरकारले नाकामा कडाइ गर्दा धेरै नेपाली अलपत्र परेका कारण यसपटक घर फर्कन चाहनेहरुलाई सहजीकरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *