ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पन्जाबसंग पराजित हुदैं बैंगलोर तेस्रो स्थनामा खस्कियो

एजेन्सी, वैशाख १८  । ईन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ३४ रनले पराजित गरेको छ ।

पन्जाबले दिएको १ सय ८० रनको लक्ष्यसहित जावाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन जोड्दाँ रजत पतिदारले ३१ रन र हर्सल पटेलले ३१ रन बनाउँदा केली जेमिसन १६ रनमा अविजित रहे ।

बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका हरप्रित ब्रारले ३ विकेट लिए । रबि बोस्नाईले २ तथा रिली मेरेदिथ, मोहमद शामी र क्रिस जोर्डनले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । पन्जाबका लागि कप्तान लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१ रन बनाउदाँ क्रिस गेलले ४६ रन र हरप्रितले अविजित रहदै २५ रन बनाए ।

बैंगलोरका केली जेमिसनले २ विकेट लिए । डानिल साम्स, युजभेन्द्र चाहल र सहबाज अहमेदले १/१ विकेट लिए ।

यससँगै पन्जाबले लिगमा तेस्रो जित निकालेको छ ।

पन्जाबले ७ खेलमा ६ अंक जोडेको छ । पन्जाब पाँचौ स्थानमा उक्लिएको छ । यस हारसँगै बैंगलोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बैंगलोरले ७ खेलमा १० अंक जोडेको छ । यस सिजन दोस्रो हार व्यहोरेको बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *