ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

धौलागिरी हिमाल सफा गर्दा १५ वर्षअघि दुर्घटना हेलिकप्टर भेटियो र मानव अवशेष पनि

फोटो : नेपाली सेना

काठमाडौं १७ बैशाख, । धौलागिरी हिमाल सफा गर्दा हेलिकप्टर र मानव अवशेष फेला परेको छ ।

३ सेप्टेम्बर २००६ मा बिरामी लिन धौलागिरि आधार शिविरमा पुगेको एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गर्नुपर्योु त्यस क्रममा हेलिकोप्टर उपयुक्त ठाउँमा अवतरण हुन नसकी हेलिकप्टर दुर्घटनामा पर्योम ।

सहि हेलिकोप्टर सफा हिमाल अभियान २०२१ अन्तर्गत फोहर संकलन गर्ने क्रममा नेपाली सेनाको टोलीले वैशाख १६ गते धाैलागिरी बेसक्याम्पबाट मानव अवशेष सहित फेला पारेको हो ।

उक्त हिमालको २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्टसहितका २ वटा मानव अवशेष र सोही बेस क्याम्पबाट १ किलोमिटर टाढा इटाली बेस क्याम्पतर्फ ९ एन–एसीआर लेखिएको हेलिकप्टरको अवशेष फेला परको नेपाली सेनाले जानकारी दिएको छ । सोही हेलिकोप्टरको भग्नावशेष नै नेपाली सेनाले फेला पारेको हो । सेनाका अनुसार मानव अवशेष भेटिएको स्थानबाट १२ सय मिटरको फरकमा हेलिकोप्टरको अवशेष भेटिएको हो । ती शवहरु आरोहणका दौरान दुर्घटनामा परेका आरोहीको हुन सक्ने आंकलन गरिएको छ। यकिन भने सेनाले समेत गर्न सकेको छैन ।

मानव अवेशषको व्यवस्थापनका बारेमा समेत छलफल अघि बढाइएको सेनाले जनाएको छ । सगरमाथासहित ६ वटा हिमाल नेपाली सेनाको टोलीले अहिले सफा गरिरहेको छ । उक्त हेलिकप्टर सन् २००६ मा दुर्घटना भएको जानकारी प्राप्त भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *