ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डडेलधुरामा वैशाख १९ गतेदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा हुने

डडेलधुरा १७, वैशाख । डडेलधुरामा वैशाख १९ गतेदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनगढीले कोरोना भाइरस संक्रमण तीब्र गतिमा बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

शुक्रबार बसेको सर्वपक्षीय बैठकको सुझावका आधारमा वैशाख १९ गते बिहान ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलय धनगढीले जानकारी दिएको छ ।

यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन् । खाद्यान्नका पसल भने बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म तथा दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *