ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निषेधाज्ञामा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापन गर्न अपिल

सेयर गर्नुहोस
  • 11
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं १७, बैशाख । कोभिड–१९ संक्रमणकाबीच सरकारले घोषणा गरेको निषेधाज्ञामा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापन गर्न अपिल गरिएको छ।

खाद्यका लागि कृषि अभियानले सरोकार पक्षहरुको ध्यानाकर्षण गराउँदै नेपाल जस्तो परनिर्भर मुलुकमा संकटको समयमा मुलुकमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकार र सरोकार दुवै पक्षलाई आग्रह गरेको हो । 

यस्तो समयमा बढी निम्नस्तरका उपभोक्ताहरु श्रमिक, महिला, श्रमजीवी साना किसान, सहरी श्रमिक र सडक पेटीमा बस्ने मानिस, भूमिहीन, दलित, आदिबासी, बालबालिका, वृद्ध र दीर्घरोगीलाई विशेष प्राथमिकतामा राखी प्रभावकारी सेवा परिपूर्तिका लागि विशेष रणनीति बनाउन  सहजीकरण गर्न अपिल गरेको छ । 

श्रमिकलाई रोजगारदाता या सरकार मार्फत खानेकुरा वा नगद साझेदारी गर्ने । अनौपचारिक क्षेत्रका श्रमिकलाई र अन्य खानेकुराको अभाव झेलिरहेका समुदायलाई ठाउँठाउँमा स्थानीय सरकारहरुको सुपरिवेक्षणमा स्वयंसेवी संस्था मार्फत भण्डाराहरु संचालन गर्ने बन्दोबस्त मिलाउन सरकालाई अपिल गरेको छ ।

गतवर्षको अनुभवबाट सिक्दै किसानले खेतीपाती कामलाई अत्यावश्यक सेवाको रुपमा लिदै सहजतापूर्वक हिँड्डुल दिने, किसानका बारीमा फलेका तरकारी लगायत अन्य उपजलाई संकलन र स्थानीय बजारसम्म पु¥याउन तत्कालै सरकारले गाडीको बन्दोबस्त मिलाउने र निजी गाडी सन्चालनमा भाडामा सहुलियत दिने , लगायतका माग राख्दै स्थानीय सरकारलाई प्रभावकारी रुपमा परिचालन गर्ने र सबै स्थानीय सरकारले आफ्नो खानेकुरा र खेतिपातीको अवस्था चित्रण हुने श्वेतपत्र जारी गर्न सहजीकरण गर्न समेत अभियानले सरकारसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *