ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्वमहारानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरीदै

काठमाडौं,वैशाख १७ । नर्भिक इन्टरनेशनल हस्पिटलले शुक्रबार सुचना जारी गर्दै पूर्वरानि शाहलाइ प्लाज्मा थेरापी विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको छ ।

श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा राखि उपचार सुरु गरीएको थियो । आज पनि हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखि उपचार गरीराखिएको छ ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य छ भने हाल अक्सिजनकै सामान्य सपोर्टमा हुनुहुन्छ । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उहाँलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

उहाँहरु तीनैजना गत शनिवारदेखि नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । त्यसको केही दिनअघि उहाँहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *