ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज वैशाख १७ गते शुक्रबार तपाईको राशिफल

आज मिति २०७८ साल बैशाख १७ गते शुक्रबार तदनुसार सन २०२१ अप्रिल महिनाको ३० तारिख, बैशाख कृष्ण पक्ष, वसन्त रितु, उत्तरायण सुर्य, जेष्ठा नक्षत्र, चतुर्थी तिथि, परिघ योग, बब करण, आज चन्द्रमा बेलुकासम्म बृश्चिक राशीमा रहनेछ । आज सूर्योदय बिहान ५ बजेर २८ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ३६ मिनेटमा हुनेछ विशेष कार्यहरु शुरु गर्नको लागि आजको शुभ समय बिहानको १२ बजेर ०१ मिनेटबाट १२ बजेर २७ मिनेटसम्म सम्म रहनेछ । लामो यात्रा भ्रमण आदि गर्नको लागि शुभ समय दिउँसोको ४ बजेर ५७ मिनेटबाट ६ बजेर ३६ मिनेटसम्म रहनेछ । आजको राहूकाल बिहानकोे १० बजेर २२ मिनेटबाट १२ बजेसम्म रहनेछ । राहुकालमा दीर्घकालसम्म असरपर्ने खालका कार्यहरु शुरु गर्नु हुँदैन ।

मेष राशी

बेलुकी ५ बजेसम्म समय अनूकुल नहुन सक्छ । कार्य गर्न अल्छि लाग्ने वा ढिलाइ हुन सक्ने, धनको व्यय, मानसिक चिन्ता, शोक, कष्ट वा भयले सताउने, खानपान र स्वास्थयमा गडबडी हुन सक्ने । खर्च झगडा, विवाद र मानसिक चिन्ताबाट बेलुकासम्म टाढा रहनु पर्नेछ, आर्थिक तथा पारिवारीक समस्याले मन खिन्न हुनेछ,  दुर्घटना वा चोट पटकबाट जोगिनु पर्ने समय छ। कसै कसैलाई रोजगारमा समस्या आउन सक्छ। प्रेमिहरुको लागि भने समय अनुकुल बन्न सक्छ ।

वृष राशी

मन प्रफुल्लित रहने छ । परिकारजन्य भोजन हुने, लाभकारक एवम् सुखदायी बसाइ हुने, विरोधिहरु परास्त हुने, शारिरिक निरोगिता पाइने, मान सम्मान वा कदर प्राप्त हुने, धन लाभ हुन सक्ने, कार्य स्थल र व्यवसायमा सफलता प्राप्त हुने दिन छ, रोकिएको कार्यहरु बन्ने छन । स्वास्थय उत्तम हुने, वैवाहिक सुख, पारिवारिक जमघट, शैयया सुखको प्राप्ति, दाम्पत्य जीवनमा आनन्दमय हुने, भौतिक सुख सम्बन्धि साधन जुटने वा रमाइलो भेटघाट वा खानपान हुने सम्भावना छ । प्रेम गर्नेहरुको लागि दिन फलदायी रहनेछ ।

मिथुन राशी

दिन अनुकुल रहनेछ  । आदर सत्कार र आनन्द प्राप्त हुने, आर्थिक लाभ, कार्य स्थलमा सोचे अनुसार सहयोग पाइने, विवाद, झगडा, मुद्दा मामिला लगायत अन्य कुराहरुमा विजय प्राप्ति । आफन्त अथवा आफु मुनि काम गर्ने सहकर्मीहरुको सहयोग पाइने, धपेडी, कार्य व्यस्थता वा कठोर परिश्रम बाट मुक्त भइने छ, स्वास्थ्य राम्रो रहने, पारिवारिक सुख मिल्ने, गुप्त शत्रुहरु वा विरोध गर्नेहरु पराजित हुनेछन, विद्यार्थीहरुलाइ पनि समय राम्रो रहनेछ ।

कर्कट राशी

सावधानी अपनाउनु पर्ने खालको दिन छ । स्वास्थ्यमा गिरावट आउन सक्छ, मानसिक खिन्नता, खर्चमा बृद्धि, कार्यमा विध्न बाधा व्यवधानहरु आइदिन सकछ । व्यर्थमा अलमलिनु पर्ने हुन सक्छ । सोचेको आँटेको काम पुरा गर्न निकै मेहनत गर्नु पर्नेछ, विद्यार्थीहरुले बिशेष मेहनत गर्नुपर्नेछ, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । पारिवारिक असमझदारी बढन सक्ने वा अपमान हुन सक्ने सम्भावना रहेकोले विवादबाट टाढै रहंदा राम्रो । प्रेम गर्नेहरुलाइ आज दिन ठीक छैन । धन हानी हुने योग रहेकोले लगानीलाइ पनि समय ठीक छैन ।

सिंह राशी

पराक्रममा कमी आउने, निरर्थक चिन्ता र बेचैनीले ग्रस्त गराउन सकछ , कार्य बाधा, दुख कष्ट बन्धन रोग र शत्रु वृद्धि जस्ता फल प्राप्त हुन सक्छज, पारिवारीक र दाम्पत्य सुखमा कमी रहने, आयमा कमी, धर्म कर्म देखि वितृष्णा या धार्मिक कार्यले लाभ नमिल्ने । मान सम्मान र उपलब्धिमा कमी, शारिरिक अस्वस्थता महसुस हुन सक्छ विशेष गरि छाति, पेट वा सो भन्दा मुनिको भागमा समस्या आउन सक्छ, आरोप लाग्ने डरले सताउने योग बन्नुको साथै विवादको सम्भावना रहेकोले सावधानी भने अपनाउनुहोला। कसै कसैलाई भ्रमण वा यात्रा गर्नु पर्ने हुन सक्छ अथवा स्वास्थ्यको कारणले अस्पताल जानुपर्ने हुन सक्छ । आत्मविश्वासलाई कायम राख्न सक्नु भएमा दिन सहज हुनेछ ।

कन्या राशी

दिन राम्रो रहने छ । भाग्यले साथ दिनेछ । सोचेको आँटेको पुग्ने । आरोग्यता प्राप्ति, आर्थिक लाभ, मान सम्मान मा वृद्धि हुन सक्छ । दाम्पत्य जीवनमा सुख, मित्र सुख, शत्रु बाधा हटने । वस्त्र लाभ वा परिकारजन्य भोजनको प्राप्ति, बौद्धिक विकास हुने, नयाँ नौलो विचारहरु आउन सक्ने । कार्यमा सफलता प्राप्त हुने, मन प्रसन्न भइ दिनको समापन हुनेछ ।

तुला राशी

दिन सोचे जस्तो नहुन सक्छ, खर्चमा वृद्धि, विशेष गरेर संचित धनको नोक्सानी, गरेको काममा बाधा आउन सक्ने, सन्तान पक्षबाट समस्या, स्वास्थयमा गडबडीको सम्भावना छ । खानपानमा आज विशेष सतर्क रहनु होला ।  । कुटुम्बसँग मनमुटाव बढन सक्ने, कसै कसैलाई आफनो स्वास्थ्यको कारणले खर्च गराउन सक्छ,  विद्यार्थीहरुलाई पढाइ प्रतियोगितामा बाधा छ । व्यवसायमा सोचे जस्तो नहुन सक्छ । ग्रह प्रतिकुल चलेको बेला नआत्तिकन धैर्यका साथ रहनु भएमा परिस्थीति बिस्तारै अनुकुल बन्न थाल्नेछ । स्थिीती निकै खराब छ भने चिना देखाउनु होला ।

वृश्चिक राशी

दिन शुभ फलदायक रहने छ । परिकारजन्य भोजन तथा पारिवारिक जमघट हुन सक्छ । कार्य सफलता, मान सम्मान, आदर सत्कार पाइने, स्वास्थ्य उत्तम रहने वा सुधार हुने, धन, वस्त्र अथवा उपहार आदि प्राप्त हुन सक्छ । दाम्पत्य सुख, वैवाहिक सुख र  प्र्रेम को क्षेत्रमा दिन राम्रो रहनेछ । कसै कसैलाई आर्थिक लाभ वा भाग्योदयकारी घटना पनि हुन सक्छ ।

धनु राशी

सावधान रहनुहोला । हानी नोक्सानीको सम्भावना छ । आत्मविश्वासमा कमी आउने । अशान्ति र आलस्य बढने,। खर्चमा वृद्धि । मानसिक अस्वस्थता, शारिरिक कष्ट, शोक पर्न सक्ने । चोटपटक वा दुर्घटना हुनसक्ने भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । निद्राको समस्याले सताउन सक्छ । विद्यार्थीहरुको लागि समय कठिन छ । कसै कसैलाई अस्पताल जानु पर्ने पनि हुन सक्छ ।

मकर राशी

दिन अनुकुल रहनेछ । शुभ समाचार आउन सक्छन । शरिरमा जोश जाँगर आउने, धन लाभ, उत्तम भोजन, ईष्ट तथा बन्धुसुख, स्त्रि सुख, मित्रहरुले सहयोग गर्ने । भोग विलास र रमाइलोमा समय बित्न सक्नेछ, आय वृद्धि हुने वा आय स्रोतको बाटो फेला पर्न सक्छ, रोकिएका कार्यहरुले गति लिनेछन, गरेका कार्यको उपलब्धि प्राप्त हुने वा नयाँ कार्यमा मन जाने योग छ, कसै कसैलाई मान सम्मान मा बृद्धि पनि दिन सक्छ । व्यापारी वर्गलाई दिन राम्रो रहनेछ,

कुम्भ राशी

दिन लाभदायक रहनेछ । कर्म क्षेत्रमा शुभ योग चलेकोले अरुले कदर गर्ने वा अरुबाट प्रशंसित भइने सम्भावना छ  । चिताएको प्राप्त हुने वा रोकिएका कामहरु बन्नेछन, विरोधिहरु पराजित हुनेछन्, भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुने समय छ । पिता वा पितातुल्य व्यक्तिको सहयोग पाइने, आफूले मान्नु पर्नेहरुले सहयोग गर्नेछन, विद्यार्थीहरुको लागि भने अलि मेहनत गर्नु पर्ने दिन छ,

मीन राशी

श्रम गरे अनुसार लाभ कम मिल्ने खालको दिन छ । मानसिक चिन्ता, व्यवसाय हानी, प्रतिष्ठा हानी, बिना कारण झगडा हुने, नखाएको विष लाग्ने वा जस नपाउने सम्भावना छ । स्वास्थयको विषेश ख्याल राख्नु होला , पेट सम्बन्धि समस्याले सताउन सक्छ । सन्तान सम्बन्धि चिन्ता पर्ने अथवा उनीहरुसँग मतभेद हुन सक्ने, कसैलाई छोटो दुरीको यात्रा अथवा निरर्थक भ्रमण पनि हुने सम्भावना छ । र्धामिक कार्यमा अरुची, समाजसेवा, सार्वजनिक कार्यमा जस नपाइन सक्छ, भए गरेका सम्बन्धहरु बिग्रन सक्ने, लफडामा परिने सम्भावना पनि देखिएकोले सावधानी अपनाउनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *