ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जसपा प्रदेश संसदिय दलको सांसद कारवाही,केन्द्रिय अध्यक्ष भन्छन-फर्जी निर्णय भयो

काठमाडौं वैशाख १६ ।लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका चार सांसदलाई पार्टीले कारवाही गरे पछि जसपामा उथल पुथल हुने भएको छ ।

जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गरिएको सूचना अनुसरा प्रदेशसभा सचिवालयले बिहीबार प्रदेशसभा सदस्यबाट निष्काशन गरेको सूचना प्रकाशन गर्यो ।

जसपा नेपालको प्रदेशसभा संसदीय दलले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ बमोजिमको सूचना प्रदेशसभा सचिवालयमा प्राप्त भएको भन्दै सचिवालयले प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम चारै जनालाई कारवाहीको व्यहोरा जानकारी गराइएको उल्लेख गरेको थियो तर जसपाका अध्यक्ष राजेन्द्र महत्तोले सांसद हटाउनु फर्जीकाम भएको बताएका छन् ।

पार्टीको बैठक नै नबसेको अवस्थामा कारावही हुन नस्ने भन्दै कदम फर्जी भएको जनाएका हुन । संसद पुन स्थापना पछि केन्द्र सरकार निर्माणका लागि निर्णायक बनेको जसपा भित्रको आन्तरिक किचलो सतहमा छ । सोही अनुसार प्रदेशमा समेत जसपा विभाजित बनेको छ । पूर्व राजपा ओलीको सरकारमा जान तयार भएको समयमा पूर्व समाजवादी पार्टी भने त्यसको विपक्षमा छ । तराई केन्द्रित दुई दल मिलेर बनेको जसपा स्थापनाको पुरापुर एक बर्ष वित्दै गर्दाँ विभाजनको संघारमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *