ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नयाँ भेरियन्टमा पनि अंधिकाश लक्षणहरु पहिलेसँग मिल्दोजुल्दो

काठमाडौं,वैशाख १६ । कोरोनाको नयाँ भेरियन्टस पहिलाको तुलनामा बढि संक्रामक र घातक रहेकोले उच्च सतर्कता अपनाउन विज्ञहरुको सुझाब दिइरहेका छन् । नयाँ भेरियन्टमा पनि अंधिकाश लक्षणहरु पहिलेसँग मिल्दोजुल्दो रहेको छ । तर त्यो बाहेक केही लक्षणहरु फरक रहेका छन् । जसमा आखाँ रातो हुने,हात झमझमाउने,छालामा विविरा देखीने तथा हातखुट्टाका औंलाको रङ फेरिने जस्ता लक्षणहरु देखीएमा त्यो नयाँ भेरियन्ट हुन सक्ने भएकोले चीकित्सकहरुले सावधानी अपनाउन आग्रह गरीरहेका छन् ।

कोरोना महामारीको दोस्रो लहरले विश्वभरकै जनजिवन प्रभावित बनिरहेको छ । पहिलेको भन्दा अत्यन्तै संक्रामक मानिएको नयाँ भेरियन्टसको प्रकोपले संक्रमण तिब्र बढ्दै गएपछि उपत्यका लगाउदा डेढ दर्जन जिल्लामा आंशिक या पूर्णरुपमा निशेधाज्ञा लगाइसकेको छ । दोस्रो लहरले विश्वका विकसित मुलुकलाई समेत रोकथाम र नियन्त्रणमा हायलकायल बनाइरहेको बेला नेपालमा पनि संक्रमणले थप चुनौती थपिएको विज्ञहरुको बताइरहेका छन्।

नेपालमा गतबर्ष थपिएका संक्रमित दर र अहिले थपिने दरमा संक्रमित संख्या र मृत्यु हुने संख्या बढ्दो छ ।अहिले जति संक्रमित र मृत्युदर बढ्न पहिले झन्डै छ सात महिना लागेको थियो । तर अहिले अत्यधिक तिब्र गतिमा संक्रमण फैलिएको तथ्यांकले देखाउछ । पहिलेको तुलनामा अहिलेको कोरोना संक्रमण निकै घातक र तीव्र फैलिने भएकोले यसबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुको भनाई छ ।

पहिले संक्रमितमध्ये थोरैमानिसहरु मात्र अक्सिजन र भेन्टिलेटरको सहायतामा उपचार गर्नुपरेको थियो । भने अहिले अधिकांशलाई अक्सिजनको सहायता र अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पहिले वृद्धवृद्धा,जेष्ठ नागरीक तथा र दिर्घरोगी अति जोखिममा रहेपनि अहिले नयाँ भेरियन्ट सबै उमेर समुहका लागि उत्तिकै जोखीममा रहेको डा अनुप बास्तोला बताउछन ।

मानिसहरुमा संक्रमणका लक्षण र सतर्कताबारे प्राप्त जानकारी भएपनि पछिल्लो समय हेलचक्राइ बढदै गर्दा मृत्युदर समेत बढदै गएको चिकित्सकहरु बताउछन ।

नयाँ भेरियन्टको संक्रमण हुदा ज्वरो आउने,घाँटी दुख्ने हातहरु झमझमाउने,आखाँ रातो हुने,सुख्खा खोकी लाग्ने,मांसपेशी दुख्ने र सास फेर्न गाह्रो हुने तथा अक्सिजन लेवल घट्दै जाने जस्ता लक्षण देखा पर्ने गर्छ। त्यस्तो लक्षण देखिएमा तत्कालै चिकित्सकको परामर्श लिइ अस्पताल जानु पर्जे सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए ।

ज्वरो आउनु र खोकी लाग्नुमात्रै कोरोनाको लक्षण नभएर गन्ध र स्वाद थाहा पाउने क्षमतामा कमी आउनु पनि यसको लक्षणका रुपमा देखा परेको छ । माघ देखी नेपालमा खोप अभियान सञ्चालन भइरहेको छ । हालसम्म देशभर १८ लाख मानिसले कोभिसिल्ड र भेरोसेल खोप लगाइसकेका छन् । अहिले सम्म नेपालले आपतकालीन प्रयोगका लागी ३ वटा खोपले अनुमती पाइसकेको छ ।

पछील्लो समय खोप लगाएको भन्दै हेलचक्राइ बढिरहेकोले पनि संक्रमण फैलिन पुगेको विज्ञहरु बताउछन । खोपले समेत पूर्णतया सुरक्षा दिने यकिन नभएको अवस्थामा खोप लगाएका वा नलगाएका सबैले उत्तिकै सतर्कता र सावधानी अपनाउनुपर्ने उनीहरुको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *