ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमितदर बढ्नुमा विश्वभरमै नेपाल अति खराब अवस्थामा_डा अर्चना श्रेष्ठ

काठमाडौं ,वैशाख १५ । पछिल्लो समय नेपालमा कोरोना संक्रमित दर र एकले अर्कालाइ सार्ने दर विश्वमै खराब अवस्थामा पुगेको डा अर्चना श्रेष्ठले प्रेस ब्रीफिङ मार्फत जानकारी दिइन ।

अघिल्लो हप्ताको तुलनामा नेपालमा २ सय २८ प्रतिशतले संक्रमण दर बढेको छ । जुन छिमेकी देश भारतमा जत्तिकै रहेको डा श्रेष्ठले बताइन ।

भारतकै दरमा संक्रमण बढ्दो छ । भारतमा भन्दा नेपालमा टेष्ट पोजेटीभ रेट बढी देखिएको छ । संक्रमित अनुपातमा कोभिडको पहिलो वेव भन्दा दोस्रो खराब देखिदै आएको उनको भनाइ छ ।

पछिल्लो समय नेपालमा बढ्दै गएको संक्रमण दर र मृत्युुदर नरोकिने हो भने अबको एकदेखि तीन महिनामा पहिलो वेबको जति संक्रमित पुष्टि हुने र दैनिक १ सय ४९ जनाको ज्यान जानसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *