ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकामा खोपको मात्रा पुरा लगाएकाहरुले मास्क नलगाई हिड्न पाउने

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले पूर्ण खोप लगाइसकेका मानिसहरु बाहिर खुला स्थानमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घषणा गरेको छ ।
सानो समूहमा भेला हुन सकिने सीडीसीले बताएकाे छ। यसका लागि नयाँ मापदण्ड बनाइएको छ ।जसमा खोपकाे मात्रा पूरा लगाइसकेका मानिसहरु एक्लै हुँदा वा खोप लगाइसकेका अन्य मानिससँग समूहमा बस्दा मास्क लगाउन नपर्ने उल्लेख छ।

तर,कोठाभित्र र भिडभाडयुक्त स्थलमा अझै पनि मास्क अनिवार्य गरिएकाे छ।हालसम्म ९ करोड ५० लाख अमेरिकीले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।

सीडीसीको नयाँ मापदण्डप्रति राष्ट्रपति जो बाइडनले पनि खुसी व्यक्त गरेका छन्। उक्त घोषणापछि बाइडन ह्वाइट हाउसमा मास्कविना केहीबेर हिँडेकाे समेत समाचारहरुमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *