ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

केन्द्रीय सदस्यसहित कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएपछिनेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं,वैशाख १५ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । एक केन्द्रीय सदस्यसहित, महामन्त्रीको पिएसओ र ड्राइभर र केन्द्रीय कार्यालयका कर्मचारी कोरोना संक्रमण देखिएसँगै बैठक स्थगित गरिएको हो ।

बुधबार २ बजे बैठक बाेलाइएकाे भएपनि केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारीमा संक्रमणको पुष्टि भएपछि बैठक स्थगित भएको हो । साेमबार कांग्रेस केन्द्रीय सदस्य, कार्यालय कर्मचारी र सुरक्षाकर्मी गरि १५९ जनाको सोमबार स्वाब संकलन गरिएको थियो।

बुधवार आएको रिपोर्टमा कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, महामन्त्री पूर्णबहादुर खड्काका पीएसओ र सवारी चालकसहित केन्द्रीय कार्यालयका केही सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।नेताहरु कन्ट्रयाक ट्रेसिङमा परेको र आइसोलेसनमा राख्ने व्यवस्था गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *