ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कसैलाई कोरोना नदेखिपछि कांग्रेस केन्द्रिय समितिको बैठक बस्दैं

काठमाडौं वैशाख १५ । दुई दिन लगाएर केन्द्रिय सदस्य तथा पार्टीक कार्यलयका कर्मचारी सहितको पिसिआर परिक्षण गर्दाँ संक्रमण नदेखिपछि प्रतिपक्षी कांग्रेसको केन्द्रिय समितिको बैंठक आज बस्दै छ ।

यस अघि सोमबारका लागि वैठक तय भएपनि पधादिकारी बैठकले पिसिआर परिक्षण गरेरमात्र बैठक बस्ने भन्दै बैठक सारेको थियो । पार्टी कार्यलय सानेपामा बस्ने बैठक १४ औं माहधिवेशन केन्द्रित हुने जनाइएको छ ।

आगामी भदौ दोस्रो साता महाधिवेशन गर्ने भनिए पनि अहिलेसम्म क्रियाशील सदस्यता इन्ट्री हुन सकेको छैन । भने कोरोना महामारीका कारण कार्यतालिका परिवर्तन हुन सक्ने आकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *