ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निषेधाज्ञाको समयमा आपूर्ति सहज बनाउन मन्त्रालयको बैग्लै र्‍यापिड रेस्पोन्स टिम सकृय

काठमाडौं वैशाख १५ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति प्रणाली सुचारु राख्न उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम बनाएको छ ।

मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम बनाएको हो ।मन्त्रालयका अधिकारीहरु सम्मिलित टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. नारायण प्रसाद रेग्मीको भनाई छ ।

मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न सम्पर्क व्यक्तिहरु पनि तोकिदिएको छ । निषेधाज्ञाको समयमा कृतिम अभाव सृर्जना हुन सक्ने भन्दै त्यस तर्फ सचेत रहेको र कारवाही गर्ने प्रष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *