ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वीरगञ्जमामात्र कोरोनाका कारण १८ जनाले ज्यान गुमाए

वीरगञ्ज, वैशाख १५ । दोस्रो चरणको कोरोनाको समेत बनेको वीरगञ्जमा सोमबार र गलबार गरी दुई दिनमामात्र ७ जनाको कोरोनाका कारण मृत्यू भएको छ ।

हिजो साझँ वीरगञ्‍जको नारायणी अस्पतालमा उपचाररत पर्साको पोखरीया नगरपालिका- २ का ७२ वर्षीय बृद्धको मंगलबार बेलुकी साढे ७ बजे मृत्यु भयो  । स्वास्थ्यमा समस्या आएपछि उनलाई सोमबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

मंगलबार नै वीरगञ्‍जको नारायणी अस्पतालमा उपचाररत बाराको परवानीपुरका ४५ वर्षीय  संक्रमित पुरुष, वीरगञ्‍ज महानगरपालिका-२५ सिर्सियाकी ६५ वर्षीया संक्रमित महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२ की ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो ।

त्यस्तै सोमबार  वीरगञ्‍जमा ३ जना संक्रमतिको मृत्यु भएको थियो । नारायणी अस्पतालमा १४ जनाको, नारायणी बयोधा अस्पतालमा ३ जनाको र गण्डक अस्पतालमा १ जना गरी जम्मा १८ जनाको मृत्यु भएको तथ्याङक् छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *