ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाललाई चीन सरकारले थप ९ करोड २० लाखको स्वास्थ्य सामग्री दिने

काठमाडौं ,वैशाख १४ । चीनसरकारले नेपाललाई थप ९ करोड २० लाखको स्वास्थ्य सामग्री दिने भएको छ ।

विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना महामारी सामना गर्नका लागि थप स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् । परराष्ट्र प्रदीप ज्ञवाली समेत सहभागी रहेको भिडियो कन्फ्रेन्समा चीनले नेपाललाई यो पटक ९ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्न लागेको विदेशमन्त्री वाङ यी बताए।

नेपाल, अफगानिस्तान, बंगलादेश, चीन, पाकिस्तान र श्रीलंकाका परराष्ट्रमन्त्री सहभागी रहेको सो भिडियो कन्फ्रेन्समा परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड–१९ महामारीको सामना गर्न र संकटबाट आर्थिक उत्थान गर्न लागि क्षेत्रीय सहयोग बढाउनुपर्नेमा जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *