ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन: अस्पतालहरुमा अक्सिजन र भेन्टिलेटरको अभाव नहोस

काठमाडौं १४, वैशाख । संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई अस्पतालहरुमा अक्सिजन र भेन्टिलेटरसहितको अभाव हुन नदिन निर्देशन दिएको छ ।

संक्रमण तीव्र रुपमा फैलिरहेको र अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटरसहितको आईसीयूको अभावमा बिरामीको मृत्यु हुन सक्ने भन्दै मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई निर्देशन दिएको हो ।

समितिले व्यवस्थित लकडाउन गराउन चेन ब्रेक आवश्यक भएको र यसले कोरोना नियन्त्रणमा सघाउ पुर्याउने बताएको छ । सरकारले काठमाडौं उपत्यकासहित धेरै संक्रमित भएको जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेको भएपनि समितिले सरकारलाई लकडाउन गर्न सुझाव दिएको छ ।

खुला सिमाना र भारतसंग सीमा जोडिएका स्थानमा साथै कोरोनाबाट बढी प्रभावित ठाउँहरुमा दक्ष स्वास्थ्यकर्मीहरु यथासक्य चाँडो पठाउन, कोभिडका बिरामी कुरुवालाई स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न, कोभिड बिरामीको उपचारमा खटिएका डाक्टर, नर्स लगायतका सबै स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता उपलब्ध गराउन समितिले निर्देशन गरेको छ ।

अस्पतालहरुमा मास्क, स्यानिटाइजरको व्यवस्था गर्न, सरकारी र निजी अस्पतालमा कोभिड–१९ को उपचारमा नीति बनाई लागू गर्न समितिले सरकारलाई भनेको छ ।
छलफलमा सांसदहरुले जोखिम भत्ता नपाउँदा डाक्टर, नर्सको मनोबल गिरेको भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *